२४ कम्पनीले अझै पेस गरेनन् वित्तीय विवरण

काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये २४ ओटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डलाई आर्थिक वर्ष (आव) २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको छ ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा सूचीकृत कम्पनीहरूले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, १३९ कम्पनीले मात्र समयमै विवरण बुझाएका छन् ।   समयमै विवरण बुझाउनेमा १९ ओटै वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटल तथा पर्यटन समूहका कम्पनी, ४१ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी र १–१ अन्य र ट्रेडिङ समूहका कम्पनी छन् ।  ६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा पर्यटन समूहका कम्पनी, २८ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त र ५ निर्जीवन बीमा कम्पनी छन् ।  २४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११  हाइड्रो कम्पनीले, ६ लघुवित्त र १–१ अन्य र ट्रेडिङ समूहका  कम्पनी छन् ।