साउदीमा जरिवानामा परेका श्रमिकलाई विवरण टिपाउन दूतावासको अनुरोध

दोहा- साउदी अरबमा जरिवानामा परेका नेपाली श्रमिकलाई विवरण टिपाउन रियदस्थित राजदूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल (रोजगारदाता) ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको हो । रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा योजना : थप श्रमिकलाई जोड्न स्थानीय तहको सहारा

काठमाडौं । सामाजिक सुरक्षा कोषले औपचारिक क्षेत्रका थप श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न स्थानीय तहको सहारा लिन थालेको छ । कोषले सबै स्थानीय तहमा पत्राचार गरेर औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्न सहजीकरण गरिदिन भनेको छ । अहिले सबै प्रकारका रोजगारदाताको पहिलो सम्पर्क निकाय स्थानीय तह हुने भएकाले सबै श्रमिकलाई कोषमा आबद्ध गराउन स्थानीय सरकारको पनि सहयोग लिन लागिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार सबै प्रकारका रोजगारदाता कुनै न कुनै रूपमा स्थानीय तहको नियमनको दायरामा हुन्छन् । त्यसैले पनि स्थानीय तहको सहयोग एवं सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । ‘श्रम ऐनको व्यवस्था अनुसार औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नैपर्छ,’ उनले भने, ‘त्यसैले आफ्नो नियमनको दायरामा परेका रोजगारदातालाई कोषमा आबद्ध गराउन सहजीकरण गरिदिन स्थानीय तहलाई पत्राचार गरिएको हो,’ उनले भने । स्थानीय तहले आफ्ना अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पनि कोषमा आबद्ध गराउन सक्नेछन् । कोषले स्थानीय तहलाई पठाएको पत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत कोषमा आबद्ध गराइदिन अनुरोध गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिक तोकिएअनुसारको रकम हालेर सामाजिक सुरक्षा कोषमा आबद्ध भएमा उनीहरूले पेन्सन पाउनेछन् । कोषमा आबद्ध हुन अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम जम्मा गर्नुपर्छ । अहिले नेपाल सरकारले श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक मासिक १० हजार ८२० रुपैयाँ तोकेको छ । यसको २० दशमलव ३७ प्रतिशतले हुने २ हजार २०४ रुपैयाँ कोषमा मासिक रूपमा जम्मा गर्नुपर्छ ।

साउदीमा जरिवानामा परेका श्रमिकलाई दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध

काठमाण्डौ – तपाईँ साउदीमा कार्यरत हुनुहुन्छ र कम्पनी वा कफिलले तपाईँलाई जरिवाना लगाएको छ ? यदि छ भने आफ्नो विवरण साउदीमा रहेको नेपाली दूतावासमा टिपाउनुहोस् । दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल(रोजगारदाता)ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी दूतावासले श्रमिक माथि लगाएको जरिवाना मिनाहामा पहल गर्ने छ ।  सूचनामा दूतावास...

नेपाली श्रमिकले ६ वर्षपछि पारिश्रमिक पाउँदै

कतारमा फिफा विश्वकप २०२२ का लागि रंगशाला बनाउने जिम्मा पाएको मर्करी मेना कम्पनीमा लामो समय बिनापारिश्रमिक काम गरी फर्केका नेपालीले ६ वर्षपछि बक्यौता पारिश्रमिक पाउने भएका छन् । काम गरेर फर्केका नेपाली श्रमिकलाई आफ्नो बक्यौता रकम दाबी गर्न नेपालस्थित कतारी दूतावासले अनुरोध गरेको छ ।६ वर्षअघि लामो समय बिनापारिश्रमिक भोकभोकै स्वदेश फर्केका नेपाली श्रमिकलाई बक्यौता […]

मतदानमा सहभागी हुन श्रमिकलाई महासंघको अपील

२८ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका निजी क्षेत्रका उद्योग र प्रतिष्ठानमा कार्यरत श्रमिक कर्मचारीलाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने वातावरण मिलाउन उद्योगी र सञ्चालकलाई अनुरोध समेत गरेको छ । निर्वाचनका दिनमा सरकारले सार्वजनिक बिदा दिएको स्मरण गराउँदै महासंघले […]

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ई –स्टिकर साथैमा बोक्न विभागको अनुरोध

काठमाण्डौ – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।  प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघिजस्तो छाप नलगाइने भएको छ । ...

इजरायल जाने श्रमिकलाई खोपको व्यवस्था गर्न श्रम मन्त्रालयको माग

काठमाडौं, मङ्सिर ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल जाने श्रमिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका एक हजार १७५ श्रमिकमध्येबाट परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई खोप व्यवस्थापन गर्न पत्राचार गरिएको हो । मन्त्रालयले इजरायल जान छनोट भएकालाई हाल नेपालमा […]

कोरोना विरुद्धको खोप लगाउन ओमानमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध

काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने ढिलो नगर्नुहोस् ।  ओमानले कोरोना विरुद्धको खोप अभियानमा सबै विदेशी श्रमिकलाई पनि सहभागी गराइरहेको छ ।  कोही पनि विदेशी श्रमिक नछुटुन् भन्ने अभिप्रायले ओमान सरकारले आउँदा दिनमा पनि विभिन्न प्रशासकीय क्षेत्रहरूमा तोकिएका सरकारी स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउने तयारी गरिरहेको छ ।  आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन ओमानमा कार्यरत सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।  खोप केन्द्र ...

बहराइनमा गैर कानुनी रूपमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन दूतावासको अनुरोध

काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी रूपमा काम गरिरहनुभएका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।  बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो ।  दूतावाससँगको समन्वयमा बहराइनका विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ ।  खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-v...