आईपीओ ल्याएपछि मात्रै सोनापुरले देखायो खराब वित्तीय स्थिति, अघिल्ला विवरण शंकास्पद

२९ माघ, काठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी गरिसकेपछि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक गरेको वित्तीय विवरण खराब देखिएको छ । यसअघि प्रिमियममा आईपीओ ल्याउनका लागि कम्पनीले गत आर्थिक वर्षसम्म नाफामा गएको विवरण सार्वजनिक गरेको थियो । नोक्सानीमै रहेको अवस्थामा प्रिमियममा आईपीओ जारी गर्न नपाइने व्यवस्थाका कारण कम्पनीले अघिल्ला विवरणलाई सन्तुलित देखाएर प्रिमियममा आईपीओ ल्याएको […]

सम्बन्धित सामग्री

स्थानीयले गरे सोनापुरको आईपीओ बहिष्कार, वित्तीय विवरण नै शंकास्पद

६ भदौ, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सेयर स्थानीय बासिन्दाले बहिष्कार गरेका छन् । रोल्पामा खानी र दाङको तुलसीपुरमा उद्योग सञ्चालन गरिरहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २९ साउनदेखि स्थानीयलाई साधारण सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । सोनापुर सिमेन्ट्सले कम्पनीको कुल जारी पूँजीको ५ प्रतिशतले हुन आउने […]

धौलागिरी लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु, कस्तो छ त वित्तीय अवस्था ?

फागुन ६, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया शुरु भएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड ३१ लाख पुग्नेछ । कम्पनीको प्रधान कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-२ श्रीनगर टोलमा रहेको छ । हालसम्ममा कम्पनीले २० ओटा जिल्लामा ४६ ओटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३६ लाख २६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड १५ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ८८ लाख धनात्मक भएको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६१ करोड ८० लाख सापटी लिएर रू. ६२ करोड १४ लाख सापटी लिएर रू. १ अर्ब ४४ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीले रू.१ करोड ५३ लाख खराब कर्जा संकलन गर्न सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ६ दशमलव २६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ दशमलव ७५ मा झरेको छ । त्यसैगरी, कम्पनीको पूँजी कोष पर्याप्पता ८ दशमलव ६१ प्रतिशत, पूँजी कोष लागत ६ दशमलव ९३ प्रतिशत र प्रतिशेयर आम्दानी रू. ६१ दशलमव ४५ (वार्षिकीकरण) रहेको छ ।                                                   सोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको उपकार लघुवित्तको वित्तीय अवस्था :

फागुन २, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारी  गरिरहेको छ ।  कम्पनी २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । आवश्य प्रक्रिया पुरा गरेर बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हालसम्ममा कम्पनीले ३२ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. ६ करोड ८६ लाख पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रेमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले घटेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ९३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ८८ लाखमा सीमित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड १६ लाख खुद ब्याज आम्दानी रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ६० लाख पुगेको हो ।  त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३४ करोड ११ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड २६ लाखमा धनात्मक भएको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.१४ करोड ५८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ९५ करोड ६९ लाख सापटि लिएर,रू.८९ करोड ८७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १३ करोड कर्जा लगानी गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७५ लाख ९ हजार खराब कर्जा उठाएको छ । त्यसैगरी सो अवधिमा कम्पनीको पूँजी कोष पर्याप्तता ९ दशमलव ६१ प्रतिशत र निष्क्रिय कर्जा २ दशमलव शून्य २ प्रतिशत रहेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको उपकार लघुवित्तको वित्तीय अवस्था :

पुस २८, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. ६ करोड ८६ लाख २५ हजार पुग्नेछ ।  चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशतले घटेको छ ।  गत आवको पहिलो त्रैमासमा रू. २ करोड २६ लाख ७७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा घटेर रू. ४१ लाख ३५ हजारमा झरेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेको र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न दबाब पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाएको छ । कम्पनीले जगेडामा रू. १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको श्रृजनशील लघुवित्तको वित्तीय अवस्था :

पुस १३, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि मात्र उक्त आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड ३७ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ६१ लाख ३७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड ३४ लाख ६१ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनमा चालू आवमा २२ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ७४ लाख ४० हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ८ करोड १४ लाख २१ हजार सापटी लिएर रू. ७० करोड २० लाख ८२ हजार निक्षेप संकलन गरेर रू २ अर्ब ८ लाख कर्जा लगानी गरेको छ । कम्पनीको मुख्य कार्यालय सिराहको गोलबजारमा रहेको छ । हालसम्ममा कम्पनीले ३१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।                                                                           स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले अब ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ । आईपीओ जारीपश्चात संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ । अहिले रेटिङको काम गराइरहेको सो संस्थाले जानकारी दिएको छ ।आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाज

सन नेपाल लाइफले आईपीओ निष्कासन गर्न बोलायो साधारण सभा

काठमाडौं, ४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । इन्स्योरेन्सको कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साउन २५ गते सभा हुने भएको हो । कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव गर्ने जनाइएको छ । यसको साथै ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६÷७७ को वर्तमान लेखा परीक्षकलाई […]

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था :

असार १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ ९ गते निवेदन दिएको छ ।  कम्पनीले आईपीओ निष्कासन विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको उक्त आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।  केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९ करोड ३६ लाख ८६ हजार नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार नाफा कमाएको थियो ।   चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ६७ लाख ७१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड २७ लाख ९० हजार पुगेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २० करोड ६३ लाख २१ हजार र जीवन बीमा कोषमा रू. १ अर्ब ९२ करोड ३५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ९६९ जनालाई रू. ८ करोड ५० लाख ५२ हजार दाबी भुक्तानी गरेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।