काठमाडौं। नेकपा एमालेले माधव नेपाल, झलनाथ खनाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल र खनालसहित भीम रावल,रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन, सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। स्पष्टीकरण सोधिएका ११ जनालाई नै कारबाही गरिएको छ।