माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी समेतलाई सहभागी बनाएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।  २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।  पहाडीलगायत मन्त्री बनेका ७ जनालाई बिही...