इन्धन समस्याको समाधान खोज्न किन ढिलाइ ?

एक साताको अन्तरालमै नेपालमा पुन: इन्धनको मूल्यवृद्धि भएको छ । पटकपटक यसरी मूल्य वृद्धि हुँदा सरकारले राहत दिनुपर्नेमा उल्टै कर असुल गर्ने क्रम भने रोकेको छैन । त्यसैले इन्धनको बढ्दो समस्या समाधान खोज्ने बेला आइसकेको छ । नेपालले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता निकायबाट आर्थिक सहायता लिने गरेको छ । अबको केही समय यस्ता सहयोग लिन बन्द गरी त्यसको सट्टा अन्य देशहरूबाट इन्धन सहायता लिने हो कि ? पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि भएपछि जनता निकै मारमा परेका छन् । छिमेकी मुलुक भारतमा पनि केही दिनअघि इन्धनको मूल्य वृद्धि भएको थियो । तर, भारत सरकारले डिजेल, पेट्रोलमा अन्त:शुल्क कटौती गरेर जनतालाई राहत दिने काम गर्‍यो । तर, नेपालमा भने सरकारका तर्फबाट त्यस्तो कुनै घोषणा भएन । बरु उल्टै मूल्य वृद्धिले सरकार रमाइरहेको जस्तो देखिन्छ, किनकि जति धेरै इन्धनको मूल्य वृद्धि भयो उति नै बढी कर सरकारले पाउँछ । यसरी मूल्य वृद्धि गर्दा अर्थतन्त्र थप संकटमा जाने निश्चित छ । पेट्रोलियममा भएको मूल्य वृद्धिले भान्छाघरमा मात्रै समस्या हुने होइन, समग्र अर्थतन्त्रको लागत बढाउँछ । भारतमा भन्दा नेपालमा इन्धन महँगो भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय शहरमा गएर इन्धन भर्ने सम्भावना बलियो छ । यसले विदेशी विनिमय सञ्चितिमा थप चाप पार्नेछ । मूल्य वृद्धिबाट जनजीवन थप कष्टकर हुने भएकाले यसले मुलुकलाई अशान्त बनाउन सक्छ र जनताको असन्तुष्टिले विद्रोहको रूप लिन पनि सक्छ । पेट्रोलियम पदार्थ रणनीतिक महत्त्वको वस्तु हो । त्यसैले विश्वभरि नै यसको भण्डारण, आपूर्ति र मूल्यमा विशेष ध्यान दिने गरिन्छ । नेपालले भने यस्तो कुनै विशेष रणनीति बनाएको देखिँदैन । यस्तो बेला अन्तरराष्ट्रिय बजारमा कतै सस्तो मूल्यमा कच्चा तेल पाइन्छ कि त्यतातर्फ खोजीको प्रयाससमेत गरेको सुनिएको छैन । नेपालले रूस, अमेरिका, बेलायत, भारत जस्ता मुलुकमा राजदूत राखेको छ । ती राजदूतले नेपालमा इन्धन आपूर्तिलाई सहज गर्न सक्ने सम्भावना खोजी गर्न सक्छन् । हालसालै नेपालको संसद्ले एमसीसी सम्झौता पास गरेको छ, जसले गर्दा अमेरिका र नेपालबीच सम्बन्ध र सद्भाव थप बढेको छ । त्यसले गर्दा नेपालले सहज आपूर्तिमा गरेका प्रयासमा अमेरिका सहयोगी बन्न सक्छ । नेपालजस्तो सानो र कम जनसंख्या भएको मुलुकका लागि अमेरिका, बेलायतजस्ता मुलुकले इन्धन आपूर्ति सहज हुने गरी सहायता नगर्लान् भन्न पनि सकिँदैन । तर, यसका लागि प्रयास हुनुपर्‍यो । त्यस्तै नेपालले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता निकायबाट आर्थिक सहायता लिने गरेको छ । अबको केही समय यस्ता सहयोग लिन बन्द गरी त्यसको सट्टा अन्य देशहरूबाट इन्धन सहायता लिने हो कि ? निगमले मूल्य बढाउन अनेक तर्क निकाल्ने गरेको छ । भारतमा भन्दा नेपालमा सस्तो भएकाले भारततर्फ तेल चोरी निकासी हुने भएकाले मूल्य घटाउन मिल्दैन भन्ने तर्क उसको हुने गरेको छ । अहिले भने नेपालमा भन्दा भारतमा सस्तो हुँदा दिनमा नै साढे ४ अर्ब घाटा भएको भन्दै मूल्य वृद्धि गरिएको छ । नेपालमा पेट्रोलियम इन्धनको मूल्य बढ्नुमा अन्तरराष्ट्रिय कारण त छँदै छ, त्यो भन्दा पनि सरकारले लगाएको अत्यधिक करले गर्दा यो निकै महँगो भएको हो । सरकारले पूर्वाधार कर भनी प्रतिलिटर १० रुपैयाँ कर उठाइरहेको छ । त्यस्तै सडक कर, वातावरण प्रदूषण, भ्याटजस्ता विविध शीर्षकमा कर लगाई खरीद मूल्यभन्दा बढी कर सरकारले लिने गरेको छ । सामान्य अवस्थामा उपभोक्ताले यो करको भार सहेकै हुन् तर अहिले जनताले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ । जनताको दैनिकीमै गम्भीर असर पर्दा समेत करमै रमाउनु सरकारको पीडक प्रवृत्ति नै हो । यो औद्योगिक क्षेत्रका लागि समेत आवश्यक वस्तु हो । त्यसैले यसको मूल्य कुनै पनि हालतमा घटाउनैपर्छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपालमा बढाउनुपरेको भन्ने सरकारी तर्क गलत छ । सरकारले लादेको केही कर हटाएर वा घटाएर पनि उपभोक्तालाई केही राहत दिन सकिन्छ ।

सम्बन्धित सामग्री

उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।...

प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ– तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । […]

कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेको गुरुङले न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका हुन् । “न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले […]

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।...

वाईसीएलको नेतृत्व चयनमा ढिलाइ

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो । शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, […]

मन्त्री उपस्थित नहुँदा संसद बैठक बस्न ढिलाइ

काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ। दिउँसो एक बजे बस्ने भनी बोलाइएको बैठकमा कुनै पनि मन्त्री संसद भवन नपुगेपछि ढिलाइ भएको हो। संसद बैठक बस्न सरकारको प्रतिनिधि अनिवार्यरूपमा उपस्थिति हुनुपर्दछ। मन्त्री उपस्थित नहुँदा बैठक बस्न पौने घन्टा ढिलाइ भइसकेको छ।

जयगढ–रामारोशन सडक कालोपत्रेमा ढिलाइ

अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।  सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।

हुम्लामा खाद्यान्न ढुवानीमा ढिलाइ

सिमकोट – खाद्य समस्या भोगिरहने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएको एयरकाग्रोले निजी एयरलाइन्समध्ये सीता एयरलाइन्सलाई मात्र जिम्मा लगाउँदा ढिलाइ भएको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालु वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गाे एयर प्रालिले एउटा मात्र निजी […]

एमाले बैठक सुरु हुन ढिलाइ

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक ११ बजे बस्ने भनेपनि सुरु हुन ढिलाइ भएको हो ।  नेता सुवास नेम्वाङले बैठक अबको केहीबेरमा सुरु हुने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता नेम्वाङले जानकारी दिए

विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा। निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ।विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो।भोइथ कम्पनीका दक्ष जनशक्ति नआएकाले १११ मेगावाट क्षमताको विद्युत् गृहको काम ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। रासस