सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर-१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउनेबित्तिकै मृत्यु भएको हो ।