प्रहरीको कुटाइबाट युवाको ज्यान गएको भन्दै आफन्त आन्दोलित

सुर्खेत – सुर्खेतमा प्रहरीको कुटपिटबाट एक युवाको ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । कालीकोटका कृष्ण हमालको ज्यान गएको भन्दै उनका आफन्तहरु आन्दोलित भएका हुन् ।   उनको शनिबार बिहान ज्यान ग एको हो । शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् ।  हमाललाई बिहान सवा दश बजे सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै ज्यान गएको जनाएको छ ...