गाँजासहित पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमै मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरू आन्दोलित भएका छन् ।
गत शुक्रवार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको आइतवार मृत्यु भएको थियो ।
हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्त तथा परिवारका सदस्यहरूले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय अग...