काठमाडौं : काठमाडौंदेखि १२४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो। चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो।
तर, २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ। अहिले त्यहाँ भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ…