सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने

काठमाडौं, असोज ९। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १२ […]

सम्बन्धित सामग्री

आठ वाणिज्य बैंकले लाभांश दिएनन्

काठमाडौं। २० वाणिज्य बैंकमध्ये १२ ओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गरेका छन् । आठ बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, कृषि विकास र नेपाल बैंकले लाभांश नदिने निर्णय गरेका हुन् । वाणिज्य बैंकसँगै लाभांश वितरण नगर्नेमा फाइनान्स कम्पनी, विकास बैंक र लघुवित्त कम्पनीहरू पनि छन् ।  आर्थिक मन्दीका कारण सूचीकृत बैंकहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा पनि उनीहरूले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको देखिएको छ ।  त्यस्तै बैंकहरूको बढ्दो खराब कर्जाले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ । यसले सूचीकृत कम्पनीको नाफामा प्रत्यक्ष असर परेका कारण उनीहरूले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकार बताउँछन् । एन.आई.सी. एशिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सन्राइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, सिटिजन्स इन्टरनेशनल, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण गरेका छन् ।  लाभांश दिँदा पनि गतवर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरमा भन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गतवर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै दिएकोे छ । सिद्धार्थ बैंकले यस वर्ष ४ दशमलव २१ प्रतिशत नगद लाभांश मात्रै दिएको छ । सिटिजन्स बैंक इन्टरनेशनलले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  नेपाल एसबीआई बैंकले भने ६ दशमलव ८० प्रतिशत नगद र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर विरण गरेको छ । लक्ष्मी सन्राइज बैंकका शेयरधनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश पाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश एन.आई.सी. एशिया बैंकले दिएको छ । यो बैंकले २९ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने करका लागि १ दशमलव ५३ प्रतिशत नगद गरी कुल ३० दशमलव ५३ प्रतिशत लाभांश बाँडेको छ । यो बैंकले न्यूनतम पूँजीकोष नपुगेका कारण पछिल्ला २ वर्ष घोषणा गरिसकेको लाभांश पनि वितरण गर्न पाएको थिएन । दोस्रो बढी लाभांश दिने बैंक एभरेष्टले १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गरिसकेका छन् । साधारणसभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बद्ध शेयरधनीको बैंक खातामा पठाइसकेका छन् । केहीको बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव ७९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारण सभा बोलाएको छ । सभा उक्त दिन बिहान ११ अमृतभोग कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांशवापत […]

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत आवको असार मसान्तसम्म बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड...

सिटिजन्स बैंक इन्टरनेशनल [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८९ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १६ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २२ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. १४ अर्ब २० करोड ९ लाख पुग्नेछ । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                          १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                          १३ जुलाई २०२१                                                ११ अक्टोबर २०२१ आरएसआई :                                           १३ जुलाई २०२१                                              ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                                             १३ जुलाई २०२१                                             ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य हालकै प्रवृत्तिमा अघि बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २७ दशमलव ५१ विन्दुमा छ । यसले शेयर विक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशमलव ५४ विन्दुमा छ । उतारचढाव पनि उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३३२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू ३७९ मा प्रतिरोध पाउने देखिन्छ ।

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक Citizens Bank International Limited को लाभांश सुरक्षित गर्ने आज असोज २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सिटिजन्स बैंकको लाभांश ?

सिटिजन्स बैंक Citizens Bank International Limited  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।  यस संगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।   बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने

असोज ८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र नगद लाभांश कर प्रयोजनसमेतका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो ।