सिटिजन्स बैंक इन्टरनेशनल [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८९ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १६ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २२ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. १४ अर्ब २० करोड ९ लाख पुग्नेछ । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                          १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                          १३ जुलाई २०२१                                                ११ अक्टोबर २०२१ आरएसआई :                                           १३ जुलाई २०२१                                              ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                                             १३ जुलाई २०२१                                             ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य हालकै प्रवृत्तिमा अघि बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २७ दशमलव ५१ विन्दुमा छ । यसले शेयर विक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशमलव ५४ विन्दुमा छ । उतारचढाव पनि उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३३२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू ३७९ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक–एसईईडी ल्याब सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा,  १२३   एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ९१ औं सो शाखारहित सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी मन्दिरा न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त भएकी छिन् ।शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाइ आर्थिक रूपमा सबल बनाउन बैंकले आयआर्जनका विभिन्न कार्यक्रम निम्ति सहुलियतपूर्ण कर्जा पनि वितरण गरेको छ । कर्जा वितरणपश्चात आगामी दिनमा सो बासिन्दाले अझ बढी फाइदा लिनसक्ने बैंकले जनाएको छ ।बैंकका

सिटिजन्स बैंक र लस्कर फूड्स एन्ड डेलिभरी सर्भिस बीच छुट सम्बन्धी सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पक्नाजोल स्थित लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसका विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको...

सिटिजन्स बैंक र लस्कर फूड्स एन्ड डेलिभरी सर्भिस बीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पक्नाजोल स्थित लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसका विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्डको लागि

सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने

काठमाडौं, असोज ९। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १२ […]

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  नेपालमा उत्पादित  किराना सामग्रीहरुको प्रवर्द्धन लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग...

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा मिल्नेछ विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित  किराना सामग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।&

सिटिजन्स बैंक इन्टरनेशनलको असार २४ गते बुक क्लोज हुने, यस्तो छ कारण

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार १४ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ। बैंकले सिर्जना फाइनान्स लिमिटेडको एकीकृत कारोबार गर्ने

सिटिजन्स बैंक इन्टरनेशनल : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ७ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ३७१ पुगेको छ । उक्त दिन बैंकको ६ लाख २३ हजार ७४७ कित्ता शेयर खरिद बिक्री भएको छ । बैंकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ । सिर्जना फाइनान्सको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर मूल्य अनुपात कायम गर्ने गरी स्वीकृत भएको कम्पनीले जानकारी गराएको छ । प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले आगामी जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । सभा बिहान ९ बजे बैंकको प्रधान कार्यालय नारायणीपथ दरबारमार्गमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ५४ करोड ५३ लाख नाफा कमाएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको लामो शरीरको सेतो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७९ दशमलव २२ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव६९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४० मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च रहेको छ ।

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । यस प्रणालीअन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत