सिटिजन्स बैंकको १५औं वार्षिक साधारण सभाले पारित गर्‍यो १६% लाभांश वितरण गर्ने प्रस्ताव

कात्तिक १७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १५औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । सभा केन्द्रिय कार्यालय नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम र भौतिक रुपमा एकसाथ वार्षिक साधारण सभा सञ्चालन भएको हो ।  सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।  त्यसैगरी, सभाले गत आर्थिक वर्ष २०७७/७८ को  मुनाफाबाट १६ प्रतिशत लाभांश १२ दशमलव ९१३ प्रतिशत बोनस शेय र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पछि बैंककोे चुँक्तापूँजी रू. १४ अर्ब २० करोड पुगेको छ ।  साथै उक्त सभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजय ध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म करीब रू. १ खर्ब ४६ अर्ब  निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रू. ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंको अमृतभोगस्थान कालिकास्थान, डिल्लीबजारमा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाबाट आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, ८०/८१ को नाफा नोक्सानको […]

सिटिजन्स बैंकको करिब ६ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न बैंकको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभाश दिने प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ […]

५.७९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलको १७ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाबाट आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । यस्तै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन.एफ.आर.एसबमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद […]

यी चार कम्पनीका शेयरधनीलाई दशैंअघि लाभांश !

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाभन्दा बढी समय बित्दा पनि हालसम्म ७ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट पाँचओटा वाणिज्य बैंक र एक-एकओटा लघुवित्त कम्पनी र  होटल्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन्, जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, ओरियण्टल होटल्स र युनिक नेपाल लघुवित्त वित्तीय संस्था छन् ।  यी कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक र ओरियण्ट होटल्सले दशैंअघि नै साधारण सभा आयोजना गरेका छन् । यस आधारमा यी चार कम्पनीका शेयरधनीले दशैंअघि नै लाभांश पाउनेछन् ।  एभरेष्ट बैंक, सानिमा बैंक र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले भने हालसम्म साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् ।  यस वर्ष वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । त्यस्तै ओरियण्टल होटल्सले ५ दशलमव २६ प्रतिशत नगद लाभांश (करसहित) र युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनिक नेपाल लघुवित्तले भने कति बोनस र नगद भन्नेबारे सूचनामा उल्लेख गरेको छैन ।  माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश  छ ।  सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले लाभांश पारित गर्न लागेको छ । बैंकले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गर्ने भएको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरूले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  योबाहेक अन्य तीन कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । यस बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  त्यसैगरी, ओरियण्टल होटल्सले लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । होटल्सले साधारण सभा प्रयोजनको लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक ४ गते

सिटिजन्स बैंक सञ्चालक समितिको बैठकले सोह्रौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कात्तिक ४ गते साधारण सभा गर्ने तय भएको बैंकले जनाएको छ।   साधारणसभामा ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्नेलगायतका एजेण्डा तय गरिएको छ । सिटिजन्स बैंकले आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।साधार

सिटिजन्स बैंकले बोलायो साधारणसभा

सिटिजन्स बैंक इन्टरनेशनलले यही कात्तिक १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।सभाले प्रस्तावित कुल १६ प्रतिशत लाभांशसहित गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । बैंकको गत असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.०८ प्रतिशत नगद […]

सिटिजन्स बैंक इन्टरनेशलको साधारण सभा कात्तिक १६ गते

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी १५औं वार्षिक साधारण सभा कात्तिक १६ गतेका लागि बोलाएको छ । बैंको असोज २५ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नारायणहिटी, काठमाडौँमा साझ ४ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा भने भर्चुअल माध्यमबाट हुनेछ ।

सिटिजन्स बैंक इन्टरनेशनल [आधारभूत तथा प्राविधिक विश्लेषण]

असोज २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८९ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक १६ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २२ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. १४ अर्ब २० करोड ९ लाख पुग्नेछ । प्राविधिक विश्लेषण : मैनबत्ति चित्र :                                          १३ जुलाई २०२१                                                        ११ अक्टोबर २०२१ स्ट्यान्डर्ड डेभिएशन :                                          १३ जुलाई २०२१                                                ११ अक्टोबर २०२१ आरएसआई :                                           १३ जुलाई २०२१                                              ११ अक्टोबर २०२१ मुभिङ एभरेज :                                             १३ जुलाई २०२१                                             ११ अक्टोबर २०२१ निष्कर्ष : कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य हालकै प्रवृत्तिमा अघि बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २७ दशमलव ५१ विन्दुमा छ । यसले शेयर विक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशमलव ५४ विन्दुमा छ । उतारचढाव पनि उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३३२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू ३७९ मा प्रतिरोध पाउने देखिन्छ ।

सिटिजन्स बैंकको साधारण सभा मंसिर २० गते

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चौधौं वार्षिक साधारण सभा आगामी मंसिर २० गते गर्ने भएको छ । संचालक समितिको

सिटिजन्स बैंकको एघाराैं वार्षिक साधारणसभा सम्पन्न, १६.८५% लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो एघाराैं वार्षिक साधारण सभा भएको छ । बालकृष्ण प्रसाईको