कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सिटिजन्स बैंकको लाभांश ?

सिटिजन्स बैंक Citizens Bank International Limited  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।  यस संगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।   बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।   

सम्बन्धित सामग्री

सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षता काडमाडौँमा शुक्रबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाको अवसरमा ०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, […]

सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक ४ गते

सिटिजन्स बैंक सञ्चालक समितिको बैठकले सोह्रौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कात्तिक ४ गते साधारण सभा गर्ने तय भएको बैंकले जनाएको छ।   साधारणसभामा ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्नेलगायतका एजेण्डा तय गरिएको छ । सिटिजन्स बैंकले आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।साधार

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांशवापत […]

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश  दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध

सिटिजन्स बैंकको आज ४ बजे साधारण सभा हुँदै

काठमाडौं, १६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा आज हुँदैछ । बैंकको सभा प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे बोलाइएको हो । बैंकको आज हुने सभाले १२ दशमलव ९१ प्रतिशत बोनश शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लााभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश असोज २१ गते […]

सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने

काठमाडौं, असोज ९। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १२ […]

सिटिजन्स बैंक इन्टरनेशनलले यस वर्ष १६ % लाभांश वितरण गर्ने

असोज ८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र नगद लाभांश कर प्रयोजनसमेतका लागि ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो ।