सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव ७९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारण सभा बोलाएको छ । सभा उक्त दिन बिहान ११ अमृतभोग कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक Citizens Bank International Limited को लाभांश सुरक्षित गर्ने आज असोज २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।