काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको बताए। निर्वाचनका लागि आयोगले सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा त्यसम