काठमाडौं : स्थानीय तहहरुले दशैँको मुखमा तलब नदिएको शिक्षक, कर्मचारीहरुले गुनासो गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार चार महिनादेखि शिक्षकहरुले तलब सुविधा पाएका छैनन्।महासंघका महासचिव सुवेदीले महान चाड दशैँको बेला पनि अधिकांश स्थानीय तहले तलब नदिएको बताए। उनले भने, ‘म सँग कति शिक्षक, कर्मचारीले तलब पाएनन् भन्ने यकिन तथ्यांक चाहीँ छैन तर धेरै साथीहरुले तलब नपाएको गुनासो हामीकहाँ गरेका छन्।’गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित गोकर्ण माध्यमि