कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकामा कार्यरत शिक्षक/कर्मचारी राजनीतिमा संलग्न हुन नपाउने भएका छन्। राजनीतिक दलको सदस्य भएर काम गरेको पाईए नगरपालिकाले शिक्षक/कर्मचारीलाई कारवाही गर्ने भएको छ।‘सामाजिक सञ्जालमा शिक्षक कर्मचारीले कुनै पनि विषयमा नकारात्मक टीका टिप्पणी तथा स्टेटस सार्वजनिक गरेको पाईए प्रचलित कानुनअनुसार कारवाही हुन्छ‚’ नगरपाालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘राजनीतिक दल तथा भ्रातृ संगठनमा संलग्न भै कार्य गर्दै आएका शिक्षक क