कास्कीमा लकडाउन साउन २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २० गते राति १२ बजेसम्म थप गरेको हो ।अहिले जारी गरिएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्दै निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दूरीका सवारी साधनहरु सञ्चालन गर्न पाइने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । व्यवसायीले सवारीका साधन सञ्चालन ग