कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रशासनले चैत १५ देखि २१ गतेसम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरूप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४१४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपांग्रे छन्, बाँकी २ पांग्रे हुन् ।
कास्कीमा सार्वजनिक तथा निजी...