कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

पर्वत : कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ। यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार  बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) बैठकले कास्कीमा संक्रमण तीव्र फैलिएकाले स्थितिलाई गम्भीरतापूर्वक लिँदै जेठ एक गतेदेखि सात गतेसम्म लागु हुनेगरी लकडाउन थप गर्ने निर्णय भएको हो।‘कास्कीमा सङ्क्रमणदर निकै फैलिँदै गइरहेको