गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै स्थानीय प्रशासनले वैशाख १५ देखि २१ गतेसम्मका लागि निषेत्राज्ञा जारी गरेको हो ।
सो क्रममा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ भने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यस्तै विद्यालय बन्द गर्दै परीक्षा स्थगित गर्नेलगायतका विभिन्न आदेश स्थानीय प्रशासनबाट भएको छ।