पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ–संस्थाले भने ५ लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर पौडेलले जारी गरेको सूचनामा निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धि २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले