नेकपा नामको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि राजनीति फेरि गोलचक्करमा फसेको छ ।
सर्वोच्चले आइतवार ऋषि कट्टेलको नेकपा पार्टीलाई आधिकारिकता दिँदै तत्कालीन एमाले र माओवादी केन्द्रले फेरि पार्टी एकीकरण गर्न सक्ने आदेश गरेको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् ।
नेकपाका सांसद एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्चको फैसलापछि पुनरावलोकनमा जान सकिने बताए ...