अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् । नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक मुख्य भुमिकामा प्रदीप सिंह अनुबन्धित भएको जनाएकी हुुन् ।विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन् । फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् । &lsquo