काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी फिल्म ‘पिताम्बर’को शीर्ष भूमिकामा सुरक्षा पन्त, प्रदीप खड्का, कामेश्वर चौरासिया र प्रमोद अग्रहरि अनुबन्धित भएका छन् । अभिनेता खड्काले शनिबार निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् । ‘अहिलेसम्म यी चारजनालाई औपचारिकरुपमा कास्टिङ गरेका छौं’ निर्देशक चौलागाईंले अनलाइनखबरसँग भनिन् । यी एक्टरले निर्वाह गर्ने चरित्रबारे उनले […]