काठमाडौँ – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताएका छन्। गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको आइतबार उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए। सरकार चलाउन मात्रै दलका नेता केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरूको दृष्टिकोण पुग्न नसकेको उनको भनाइ […]