काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन्।पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए।उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरूलाई पनि आग्रह गरे। तलैदेखि खेलकुद क्षेत्रको विकासमा