६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

 ६ महिनामा कुल ४७ अर्ब ९८ करोड आम्दानी, ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च अघिल्लो वर्ष २१ अर्ब ८२ करोडको आयात गरिएकोमा चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोडको मात्र...

सम्बन्धित सामग्री

जगदम्बा इन्टरप्राइजेजको सञ्चालन नाफा १५ अर्ब नाघ्यो

काठमाडौं। जगदम्बा इन्टरप्राइजेज प्रालिले १ वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन नाफा कमाएको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष (आव) २०७८/७९ (सन् २०२२) मा १५ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  केयर रेटिङ्सका अनुसार कम्पनीले सन् २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँ र सन् २०२१ मा १४ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । सन् २०२१ को तुलनामा २०२२ को सञ्चालन नाफा १० दशमलव २३ प्रतिशतले बढी हो ।  कम्पनीको कर्जा भने १५ अर्ब ८० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको १ अर्ब ८८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल ए प्लस र १३ अर्ब ९२ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर प्लस रेटिङ दिएको छ ।  सन् २००१ मा स्थापित कम्पनीको प्लान्ट पर्साको जितपुरमा छ । कम्पनीले ‘जगदम्बा’ र ‘जगशक्ति’ ब्रान्डमा स्टीलका टीएमटी बार, एमएस ब्ल्याक पाइप्स, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ, लक प्लेटलगायत उत्पादन विक्रीवितरण गर्दै आएको छ । प्लान्टको वार्षिक उत्पादन क्षमता ९ लाख २० हजार ६ सय टन छ । कम्पनी सञ्चालकमा अनिलकुमार रुंगटा र विशाल पटवारी छन् ।

जगदम्बा स्टिलको एक वर्षको सञ्चालन नाफा १५ अर्बभन्दा बढी

काठमाडौं । जगदम्बा इन्टरप्राइज लिमिटेडले एक वर्षमा १५ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२२ मा १५ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा १४ अर्ब ९८ करोड रुपैयाँ र सन् २०२१ मा १४ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तिय वर्ष सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन नाफा १० दशमलव २३ प्रतिशतले बढेको हो ।  कम्पनीको कर्जा भने १५ अर्ब ८० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको १ अर्ब ८८ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल ए प्लस र १३ अर्ब ९२ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  सन् २००१ मा स्थापित कम्पनीको प्लान्ट पर्साको जितपुरमा छ । कम्पनीले ‘जगदम्बा’ र ‘जग शक्ती’ ब्राण्डमा स्टिलका टीएमटी बार, एमएस ब्लैक पाइप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिंग, लक प्लेट लगायतका उत्पादनहरू विक्री वितरण गर्दै आएको छ । प्लान्टको वार्षिक उत्पादन क्षमता ९ लाख २० हजार ६ सय टन छ । कम्पनीको सञ्चालकमा अनिल कुमार रुंगटा र विशाल पटवारी छन् ।

एनआईसी एशिया लघुवित्तले १२ महीनामा कमायो ३० करोडभन्दा बढी नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले चौथो त्रैमाससम्म ३० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा भने गत वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ३९ प्रतिशतले कम भएको हो । गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी साढे ३२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको कुल सञ्चालन आम्दानी यस वर्ष १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ ।  गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ७५ करोड ६० लाख रुपैयाँ छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ८४ करोड ६७ लाख रुपैयाँभन्दा बढी थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ अघिल्लो वर्ष ५९ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष बढेर ७५ करोड ६२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।  जगेडा कोष रकममा समेत अघिल्लो वर्षको तुलनामा गत वर्ष वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम गत वर्ष भने ७१ करोड १६ लाख रुपैयाँभन्दा बढी कायम भएको हो । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म १५ अर्ब ९३ करोड ८५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १८ अर्ब ३ करोड ९७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कर्जा सापटी भने गत वर्ष १३ अर्ब ७० करोड ६६ लाख रुपैयाँभन्दा बढी छ । कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेर अघि बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४ दशमलव ६४ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।  गत आर्थिक वर्षमा स्व–पूँजीमा प्रतिफल वार्षिक १२ दशमलव शून्य २ प्रतिशत रहेको जानकारी कम्पनीले दिएको छ । वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा छ । नवीनतम् प्रविधिलाई जोड दिँदै कम्पनीले सेवा प्रदान गर्दै आएको छ । जस अनुसार ई–सेवा तथा खल्तीमार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरूको एस.एम.एसमार्फत जानकारी हुने प्रणाली सुचारु भइसकेको जानकारी कम्पनीले दिएको छ । लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस कम्पनीले ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको मर्म र भावना अनुरूप पहुँच नपुगेको ग्रामीण स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको बताएको छ । कम्पनीले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेको कालिकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु, डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।  आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा कम्पनीले २ लाख ७ हजार ५७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ । समयानुकुल रणनीतिका कारण छोटो समयमै राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जानकारी कम्पनीले दिएको छ ।

शेयर बजार घट्दा तपाईंले कति गुमाउनु भयो ? 'सरकारले एउटै शीर्षकमा गुमायो १३ अर्ब'

काठमाडौं । २०७९ सालमा धितोपत्र बजारबाट सरकारले करीब २ अर्ब ५५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (cdsc) ले दिएको जानकारीअनुसार २०७८ सालको तुलनामा २०७९ मा Securities market बाट सरकारको आम्दानी साढे ८३ प्रतिशत कम भएको हो ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ वैशाख १ देखि चैत ३० गतेसम्म धितोपत्र बजारबाट नाफा गर्ने investor ले सरकारलाई १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाएका थिए । पछिल्लो वर्ष भने धितोपत्र बजारबाट हुने सरकारको आम्दानी १२ अर्ब ९२ करोड ३६ लाख ४४ हजार रुपैयाँले घटेको न्यौपानेको भनाइ छ । २०७९ सालमा बजार घटेसँगै लगानीकर्ताको नाफामा कमी आउँदा सरकारी आम्दानी घटेको न्यौपानेले बताए । २०७८ सालमा धितोपत्रको दोस्रो बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । उक्त वर्षको भदौ २ गते नेप्से हालसम्मकै उच्च ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो । २०७८ सालको साउनमा हालसम्मकै बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका प्रवक्ता न्यौपाने बताउँछन् ।  उनका अनुसार २०७८ साउनमा सरकारले ३ अर्ब २४ करोड ६९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । NEPSE ले कीर्तिमान बनाएको भदौमा भने सरकारले २ अर्ब ६१ करोड ८६ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।  प्रस्तुत तथ्यांकलाई आधार मान्दा बजार बढ्दा लगानीकर्तासँगै सरकारले समेत धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको देखिन्छ । कोभिड–१९ को धेरैजसो व्यावसायिक क्षेत्र प्रभावित बन्दा पनि धितोपत्र बजार सञ्चालनमा थियो । सरकारले अन्य क्षेत्रबाट आम्दानी गर्न नसकेको त्यो समयमा धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको थियो । बजारका सरोकारवालाले सरकारलाई धितोपत्र बजारको विकास र विस्तार गरी राजस्व बढाउन सुझाव दिएका छन् ।  अनुभवी लगानीकर्ता केशव कोइराला नेपालको धितोपत्र बजारमा तीव्र उतारचढाव हुने हुँदा लगानीकर्ताले सधैं नाफा कमाउने अवस्था नहुने बताउँछन् । लगानीकर्ताले नाफा कमाउँदा मात्र सरकारलाई कर तिर्ने भएकाले उक्त करमा समेत उतारचढाव देखिने कोइरालाको भनाइ छ । उनी बजार घटबढ भइरहनुपर्ने तर्क गर्छन् । बजारमा दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन हुने नीति भए त्यसले सकारात्मक प्रभाव पार्ने विश्लेषण कोइरालाको छ । उनी धितोपत्र बजारका लगानीकर्ताले कम्पनीको वार्षिक प्रतिफल खाने गरी लगानी गरे बजारले सकारात्मक गति लिने विश्वास गर्छन् ।  २०७९ सालमा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ९१ प्रतिशत घटेको छ । २०७८ चैत ३० गते २ हजार ४१५ दशमलव २५ विन्दुमा रहेको नेप्से २०७९ चैत ३० गते १ हजार ९३४ दशमलव ४८ विन्दुमा झरेको हो ।  २०७९ को कारोबारमा लगानीकर्ताले ६ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । २०७८ चैत ३० गते ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण २०७९ चैत ३० गते २८ खर्ब १३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँमा झरेको हो । घटेको बजारबाट पनि लगानीकर्ताले नाफा गरेर सरकारलाई कर बुझाएको अवस्था २०७९ सालमा समेत देखिएको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेको खण्डमा सरकारलाई बढीमा १० प्रतिशतसम्म Capital gains tax बुझाउनुपर्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले छोटो अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र लामो अवधिको कारोबारमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्छन् । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

करीब ६२ % ले घट्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कम्पनीले यस वर्ष ६१ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३९ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा घटेको छ । गत वर्ष रू. ५५ करोड ९० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २१ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १० करोड १६ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ । रिटेन्ड अर्निग रू. ९६ करोड ५७ लाखभन्दा बढी रहेको छ भने जगेडा कोष रकम रू. ५६ करोड ११ लाखभन्दा बढी कायम भएको छ । दोस््रो त्रैमाससम्म कम्पनीले रू. ३ अर्ब ३६ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. २० अर्ब ४४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. १५ अर्ब १० करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ३८ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव २१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव ५२ रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनीको खुद नाफा २ अर्बभन्दा बढी

कात्तिक ३०, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दुरसञ्चार कम्पनीले रू. २ अर्ब २५ करोड ९९ लाख ४ हजार खुद नाफा गरेको छ ।  मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४८ दशमलव ९० प्रतिशत बृद्धि भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको थियो । यस वर्ष कुल आम्दानी ८ दशमलव ३९ प्रतिशत बढेकाले पनि खुद नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष रू. १० अर्ब १० करोड ४४ लाख ७५ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार यो आम्दानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २ दशमलव ७१ प्रतिशत बढेर रू. ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार कायम भएको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६० दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. ६५८ दशमलव ८१ छ ।   यो पनि हेर्नुस् : ४० % नगद लाभांश वितरण गर्दै नेपाल दुरसञ्चार कम्पनी सर्वाधिक बजार पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीको नाफा ३३.४० % कम

नेपाल टेलिकमको नाफा साढे २३% घट्यो

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रू. ७ अर्ब ४५ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  यो नाफा अघिल्लो वर्षको यसै अवधिसम्म रू. ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ५४ प्रतिशत कम भएको हो ।  गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशत कम भएकाले पनि कम्पनीको नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. ४२ अर्ब ९८ करोड ७४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ४१ अर्ब ६३ करोड ८७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. ८१ अर्ब ६० करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ६४४ दशमलव शून्य ५ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४४ गुणा छ ।                                                             स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण