नेपाल टेलिकमको नाफा साढे २३% घट्यो

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रू. ७ अर्ब ४५ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  यो नाफा अघिल्लो वर्षको यसै अवधिसम्म रू. ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ५४ प्रतिशत कम भएको हो ।  गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशत कम भएकाले पनि कम्पनीको नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. ४२ अर्ब ९८ करोड ७४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ४१ अर्ब ६३ करोड ८७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. ८१ अर्ब ६० करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ६४४ दशमलव शून्य ५ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४४ गुणा छ ।                                                             स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण 

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नाफा साढे ६ अर्ब बढी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफामा गिरावट आएको छ । एनटीसीले गत आर्थिक वर्ष (२०८०/८१) ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्ष यस अवधिको तुलनामा १६. ४४ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो […]

नेपाल टेलिकम : मजबुत वित्तीय अवस्थाका बीच सुस्ताएको बिजनेस

२९ पुस, काठमाडौं । बढ्दो सामाजिक सञ्जालको प्रयोग र सहजताले नेपाल टेलिकमको बिजनेसमा सुस्तता देखिएको छ । पछिल्ला ५ वर्षलाई हेर्दा टेलिकमको बिजनेस बढ्न सकेको छैन, बिजनेस नबढ्ने तर सञ्चालन खर्च बढ्दा नाफा समेत खुम्चिने गरेको छ । टेलिफोन र इन्टरनेट सेवा शुल्क कम्पनीका लागि मुख्य आम्दानीको स्रोत हो । पछिल्लो समय समाजिक सञ्जालको बढ्दो […]

नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकम कम्पनीको नाफा खुम्चिएको छ । कम्पनीको तथ्यांकअनुसार गत आव ०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड मुनाफा

नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड

२९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ग्राहक सेवाबाट प्राप्त गर्ने आम्दानी घटेपनि ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही […]

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि […]

टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक बर्षको चैत्र महिनासम्म ५ अर्ब ४३ करोड खुद नाफा कमाउन सफल भएको छ । टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय अनुसार खुद नाफा केही घट्न पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा करिब ४५ करोड बरारबले कम हो । गत बर्षको चैत्रसम्म कम्पनी ५ अर्ब ८८ करोड […]

नेपाल टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा ७ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । बिहिबार काठमाडौँमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएका […]

नेपाल टेलिकमको खुद नाफा सात अर्व ३३ करोड

नेपाल टेलिकमले सात अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित टेलिकमको १४औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा....

नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य वि

आम्दानी गुमाउँदै टेलिकम

‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने नाराबाट परिचित नेपाल टेलिकमको योगदान सञ्चार क्षेत्रको विकासमा महŒवपूर्ण छ । तर, राम्रो आम्दानी गरेर सरकारी ढुकुटी भर्न सक्ने नेपाल टेलिकमजस्तो निकायले नै नाफा गुमाउँदै घाटामा गएको छ ।आर्थिक अनुशासनहीनता, बढ्दो अनियमितता र व्यवस्थापकीय अक्षमताका कारण टेलिकमले तीव्र घाटा बेहोर्नुपरिरहेको छ । अपारदर्शी खर्च प्रणाली र कमिसनको चक्करले कम्पनीको सेवा […]