कात्तिक ३०, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दुरसञ्चार कम्पनीले रू. २ अर्ब २५ करोड ९९ लाख ४ हजार खुद नाफा गरेको छ ।
मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४८ दशमलव ९० प्रतिशत बृद्धि भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कुल आम्दानी ८ दशमलव ३९ प्रतिशत बढेकाले पनि खुद नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष रू. १० अर्ब १० करोड ४४ लाख ७५ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार यो आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २ दशमलव ७१ प्रतिशत बढेर रू. ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार कायम भएको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६० दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. ६५८ दशमलव ८१ छ ।
यो पनि हेर्नुस् :
४० % नगद लाभांश वितरण गर्दै नेपाल दुरसञ्चार कम्पनी
सर्वाधिक बजार पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीको नाफा ३३.४० % कम