कान्तिपुरमा सोमबार प्रकाशित अन्तर्वार्तामा शिक्षाविद् विद्यनाथ कोइरालाले त्रिवि उपकुलपति छनोटको सन्दर्भमा ‘कुनै पनि पार्टीमा नलागेको मान्छे नै हुँदैन’ भन्ने दाबी गर्नुभयो । यस्तै, कुनै पनि राजनीतिक दलसँग असंलग्न व्यक्ति मात्र उपकुलपति हुनुपर्छ भन्ने विद्यमान बुझाइलाई ‘समस्या’ का रूपमा चित्रण गर्नुभयो । उहाँको पहिलो भनाइ अतिरञ्जित छ, जसलाई खण्डन गर्न मात्र एउटा राजनीतिक रूपमा असंलग्न प्राज्ञको उदाहरण पर्याप्त छ ।