हिमालयन रिइन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न , ३ अर्बको आईपिओ निष्काशन प्रस्ताव पारित

हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रथम साधारणसभासम्पन्न भएको छ । कम्पनीले शुक्रबार होटेल अलोफ्टमा साधारणसभा गरेको हो ।सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेको छ  । कम्पनीको साधारणसभाले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।  जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ  । यस कम्पनीले केपी ओली सरकारको पालामा लाईसेन्स पाएको हो । हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ। कम्पनीको अध्यक्ष शेखर गोल्छा रहेका छन्  । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दा अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले लाईसेन्स पाएको हो ।

सम्बन्धित सामग्री

हिमालयन रिइन्स्योरेन्सको प्रबन्धपत्र संशोधनको तयारी

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट पाँच वटा प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।साधारण सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी सर्वसम्मतिले पारित गरेको छ […]