राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  

सम्बन्धित सामग्री

ओरियन्टल होटलले लाभांश प्रस्ताव गर्दै बोलायो साधारणसभा

२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गर्दै […]

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।  ग्लोबल...

बिओके क्यापिटलको ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिओके क्यापिटल मार्केटको सातौ साधारणसभा सम्पन्न भएको छ ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट कर प्रयोजनसहित ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्र

सिडिएसद्वारा ४० प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

सिडिएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते बिहान ११ बजे पुतलीसडक स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।

प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्सले १४औं वार्षिक साधारणसभा मंसिर १९ गते गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट सेयरधनीलाई १५.८७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ । १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश गरेर कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।सभाले कम्पनीका […]

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]