सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान , आईपिओ निष्काशन प्रस्ताव पेश हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ।कम्पा नीले चैत्र ११ गते काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव: सामान्य प्रस्तावः १. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे। २. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने बारे । ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे । ४. सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा बारे।५. सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने बारे। (ख) विशेष प्रस्तावः १. कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे । २. कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित Corona Relief and Prevention Fund मा कम्पनीका तर्फबाट गरिएको योग्दान/आर्थिक सहायता वापतको रकम रु. ७५००००/ (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने बारे। (ग) विविध।