नेपाली काँग्रेसमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस गरिएको छ। काँग्रेस महानगर समितिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची सिफारिस गरेको हो। वर्तमान मेयर भीम पराजुलीसहित सात जनाको नाम सिफारिस गरिएको जनाइएको छ।