काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। […]