आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मेयर र उपमेयरका लागि ५/५ जनाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ। आइतबार लोसपा नेपाल धनुषाको नगर समितिको बैठकबाट मेयर पदका लागि लोसपाका नगर सभापति मनोज कुमार चौधरी, मधेश प्रदेशका प्रदेश सांसद परमेश्वर साह, संजय चौधरी, अमर पँजियार र जानकीराम साहको नाम सिफारिस गरिएको हो । त्यसैगरी उपमेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिली र पु