नेशनल लघुवित्तको नगद लाभांश वितरण, नेपाल पुनर्बीमा कम्पनीको प्रस्ताव- बोनससँगै नगद लाभांश

नेशनल लघुवित्तको नगद लाभांश वितरण, नेपाल पुनर्बीमा कम्पनीको प्रस्ताव- बोनससँगै नगद लाभांश

सम्बन्धित सामग्री

पुनर्बीमा कम्पनीको पूँजी वृद्धि, हिमालयनले बुझायो योजना, नेपालले माग्यो थप समय

काठमाडौं । दुई पुनर्बीमा कम्पनीमध्ये एउटाले मात्र नियामक निकायसमक्ष पूँजी वृद्धि योजना पेश गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पूँजी वृद्धि योजना पेश गर्न दिएको समयसीमाभित्र हिमालयन रिइन्स्योरेन्स कम्पनीले आफ्नो योजना पेश गरेको हो । नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीले २० अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्था गर्दै त्यसको योजना १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । नेपाल बीमा प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले हिमालयन रिइन्स्योरेन्स कम्पनीले ४ प्रतिशत बोनस शेयरपछि ८० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि पनि अपुग पूँजीका लागि आगामी वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने योजना पेश गरेको बताए ।  नेपाल पुनर्बीमा कम्पनीले भने पूँजी वृद्धि योजना पेश गर्न थप समय माग गरेको लामिछानेले जानकारी दिए । नेपाल पुनर्बीमा कम्पनीलाई पूँजी वृद्धि योजना अघि बढाउन सरकारको सहमति चाहिने भएकाले उक्त सहमति प्राप्त हुँदासम्मको लागि समय थप गर्न माग गरेको लामिछानेले बताए । नेपाल पुनर्बीमामा सरकारको समेत स्वामित्व छ ।  प्राधिकरणले माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै २०८१ साल माघ मसान्तसम्म तोकिएको चुक्ता पूँजी कायम गर्न भनेको छ ।  पुनर्बीमा कम्पनीहरूलाई पूँजीमा बलियो बनाउन नियामक निकायले योजना अघि बढाएको अवस्थामा सरकारले त्यसलाई सकारात्मक रूपमा लिने अपेक्षा प्राधिकरणको छ । बीमाक्षेत्र बलियो हुन पुनर्बीमा कम्पनीको पूँजी बलियो हुनुपर्ने आवश्यकता प्राधिकरणले ठानेको छ ।  प्राधिकरणले माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै २०८१ साल माघ मसान्तसम्म तोकिएको चुक्ता पूँजी कायम गर्न भनेको छ । प्राधिकरणले पूँजी वृद्धिको योजना अघि सारेसँगै गत आर्थिक वर्ष (आव) को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयरको प्रस्ताव थप गरी वार्षिक साधारणसभा आह्वान गरिसकेको छ । हाल हिमालयनको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । गत पुस ११ गते सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्सले पहिलो वर्षमै लाभांश वितरण गर्न लागेको हो । बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि हिमालयनले गरेको छ ।  हिमालयनले प्रस्तावित लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । यो कम्पनीले १० शेयर बराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४ प्रतिशत बोनस शेयर र ८० प्रतिशत हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हिमालयनलाई हकप्रदपछि पनि थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ । थप पूँजी बोनस शेयरमार्फत पुर्‍याउने योजना उसको छ ।  पूँजी वृद्धि योजना पेश गर्न बाँकी नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी हाल १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ८०० रुपैयाँ छ । नेपाल पुनर्बीमा देशको पहिलो पुनर्बीमा कम्पनीका रूपमा २०७१ सालदेखि सञ्चालनमा छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेड २०७८ सालदेखि सञ्चालनमा छ । नेपाल पुनर्बीमा कम्पनीले २०७६ चैतमै सर्वसाधारणलाई शेयर जारी गरेको थियो । हिमालयनले २०८० मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।  बीमा प्राधिकरणले तोकबमोजिम पूँजी पुर्‍याउन नेपाल पुनर्बीमा कम्पनीलाई ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार २०० रुपैयाँ आवश्यक पर्छ । यो कम्पनीले गतवर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गतवर्ष नेपाल पुनर्बीमाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीले आव २०७६/७७ देखि नै लाभांश वितरण गर्दै आएको छ । पूँजी वृद्धिका लागि बोनस र हकप्रद शेयरको विकल्प नभएको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले पनि बोनस र हकप्रद शेयरकै बाटो रोज्ने अनुमान गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश असार १५ गते पारित हुँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले असार १५ गते आठौं वार्षिक साधारण सभा (AGM) बोलाएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान साढे ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश (Dividend)लाई समेत अन्तिम रुप दिनेछ । कम्पनीले यस वर्ष गत वर्षको मुनाफा (Profit)बाट हाल कायम चुक्ता पूँजी (Paid up Capital) रू. १२ अर्ब २३ करोड २५ लाखको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  बोनस शेयर (Bonus Share) वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ । सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।  कम्पनीले सर्वसाधारणमा आईपीओ (IPO) जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश प्रस्ताव, बोनस शेयर कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाखको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर केही घटेको छ ।

पुनर्बीमा कम्पनीले ५ प्रतिशत बोनस सेयर बाँड्ने

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सो बापत लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर भने बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल पुनर्बीमा कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७

नेपाल पुनर्बीमाको बोनस शेयर : पारित भएको तीन महिना वितिसक्दा पनि सूचीकृत भएन

वैशाख २, काठमाडौं । गत पुस २२ गतेनै पारित भएको नेपाल पुनर्बीमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस शेयर अझै सूचीकृत भएको छैन । बोनस शेयर लामो समय सूचीकृत नगरी आम लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने काम यतिबेला नेपाल पुनर्बीमा कम्पनीले पनि गरेको छ । यस वर्ष कम्पनीको बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । नगद लाभांश गत फागुनमै वितरण गरिसकेको कम्पनीले बोनस शेयर भने साधारणसभाबाट पारित भएको तीन महीना वितिसक्दापनि सूचीकरण गराउन नसकेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले अर्थमन्त्रालयबाट स्वीकृति पाउनुपर्ने प्रक्रियामा ढिलाई हुदाँ सूचीकरण हुन नसकेको बताए । कम्पनीमा सरकारीतर्फको ४४ दशमलव शुन्य ४ प्रतिशत हिस्सा रहेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत रायमाझीले बोनस शेयर सूचीकरणका लागि अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको बताए । सर्वसाधारणको १६ प्रतिशत र विभिन्न कम्पनीको ३९ दशमलव ९६ प्रतिशत हिस्सा रहेको कम्पनीको बोनस शेयर सूचीकरण प्रक्रिया ढिलाई भएकोमा कम्पनी पनि चिन्तित रहेको रायमाझीको भनाइ छ । अर्थ मन्त्रालयले आम सर्वसाधारण सहित कम्पनीको सम्पत्ति लामो समय बन्धक बनाउँन नपर्ने गरी जतिसक्दो चाडो बाटो खुला गरिदिनुपर्ने माग रायमाझीले गरेका छन् । कम्पनीको तर्फबाट अर्थमन्त्रालयले पुरा गर्नुपर्ने कार्यका लागि वारम्बार अनुरोध भैरहेको जानकारी पनि उनले गराए । अनुभवि लगानीकर्ता डम्बरू बल्लभ घिमिरेले नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर लामो समय सूचीकृत नहुँदा आम सर्वसाधारण लगानीकर्ता दोहोरो मारमा परेको गुनासो गरेका छन् । यस कम्पनीमा सर्वसाधारण लगानीकर्तासँगै बीमा कम्पनीहरूको समेत स्वामित्व रहेकाले यसबाट सर्वसाधारण लगानीकर्ता दोहोरो मारमा परेको गुनासो उनको छ । बीमा कम्पनीहरूको शेयरमा समेत आफूहरूको लगानी रहेकाले यी कम्पनीहरूको हकको बोनस शेयरसमेत बन्धक बनेको बताए । यसबाट कम्पनीहरूको नाफामा असर पर्न गई आफ्नो लगानीको प्रतिफलमा असर पर्ने अनुमान उनले गरेका हुन् । यसर्थ सूचीकरण प्रक्रियाका लागि सरोकार राख्ने निकायहरूले जतिसक्दो चाडो आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने माग घिमिरेले राखेका छन् ।  नेपालमा पुनर्बीमा क्षेत्रका दुई कम्पनी सञ्चालनमा रहेपनि नेपाल पूनर्बीमा कम्पनी मात्र धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । अर्को हिमालयन रिइन्स्योरेन्स लिमिटेड पनि सर्वसाधारणमा आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा भित्रिने तयारीमा छ ।  नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यस वर्षको लाभांशका लागि पुस १४ गते बुक क्लोज गरेको छ । कम्पनीको पुस १३ गतेसम्म कायम शेयरधनीको हकको बोनस शेयर तीन महीनाभन्दा बढी अवधिसम्म बन्धक बनेको हो ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक दैनिकको प्रिन्ट संस्करणबाट

नेपाल पुनर्बीमा कम्पनीले वितरण गर्‍यो नगद लाभांश

फागुन १३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।  कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

१९% लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीले बोलायो छैठौं साधारण सभा

असोज २८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले छैठौं साधारण सभा पुस २२ गते बोलाएको छ । सभा कार्की ब्यांक्वेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।