नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सो बापत लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर भने बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल पुनर्बीमा कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७