नेपाल पुनर्बीमा कम्पनीले वितरण गर्‍यो नगद लाभांश

फागुन १३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।  कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब २३ करोड २५ लाख छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ । सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावसमेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले असार ६ गतेसम्म शेयर कायम गर्नुपर्ने  भएको हो ।  कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस अघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश असार १५ गते पारित हुँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले असार १५ गते आठौं वार्षिक साधारण सभा (AGM) बोलाएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान साढे ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश (Dividend)लाई समेत अन्तिम रुप दिनेछ । कम्पनीले यस वर्ष गत वर्षको मुनाफा (Profit)बाट हाल कायम चुक्ता पूँजी (Paid up Capital) रू. १२ अर्ब २३ करोड २५ लाखको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  बोनस शेयर (Bonus Share) वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ । सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।  कम्पनीले सर्वसाधारणमा आईपीओ (IPO) जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश प्रस्ताव, बोनस शेयर कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाखको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर केही घटेको छ ।

एनएमबि बैंकसहित तीन ओटा कम्पनीको साधारण सभा आज हुँदै

पुस  २२, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा आज (बिहीवार) हुँदैछ । एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले साधारण सभा गर्न लागेका हुन् ।  एनएमबि बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलामा बिहान १०:३० बजे सभा शुरु गर्ने जानकारी दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशलमव ५० प्रतिशत बोनस शेयर र ३ दशलमव ३० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पािरत गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले छैठौं वार्षिक साधारण सभा बिहीवार कार्की ब्यांक्केट बबरमहलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले आव २०७६र७७ को मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, एचआईडिसीएलले १०औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

एनएमबि बैंकसहित तीन ओटा कम्पनीको साधारण सभा बिहीवार हुँदै

पुस  २१, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा बिहीवार हुँदैछ । एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले साधारण सभा गर्न लागेका हुन् ।  एनएमबि बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलामा बिहान १०:३० बजे सभा शुरु गर्ने जानकारी दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशलमव ५० प्रतिशत बोनस शेयर र ३ दशलमव ३० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पािरत गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले छैठौं वार्षिक साधारण सभा बिहीवार कार्की ब्यांक्केट बबरमहलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, एचआईडिसीएलले १०औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल पुनर्बीमा कम्पनी सहित ३ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १४ गते बुधबार ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका  नेपाल पुनर्बिमा कम्पनी , मितेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्।नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११०४.७२ रूपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२८७ रुपैयाँ थियो । उन्नति सहकार्य लघुवित्तको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४८८.४६ रूपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९३५ रुपैयाँ थियो ।मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४३.०७ रूपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०२ रुपैयाँ थियो । नेपाल पुनर्बीमा कम्पनीले  पुस २२ गते बिहिबार कार्की ब्याक्वेटमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव:१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पूँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दश अर्ब) को २.५० (दुई दशमलव पाँच शून्य) प्रतिशतको दरले रु. २५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिको लागि योग्य रहेको ।)५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू श्री दिप प्रकाश पाण्डे र श्री डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।विशेष प्रस्ताव१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) को १६.५० (सोह दशमलव पाँच शून्य) प्रतिशतका दरले हुन आउने रु.१,६५,००,००,०००/-(एक अर्ब पैसठी करोड) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.११,६५,००,००,०००/- (एघार अर्ब पैसठी करोड) कायम हुने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने ।कम्पनीले तल्काल जारी गर्ने शेयर पँजी रकम रु. ११६५०००००००/- (एघार अर्ब पैसठी करोड) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ११,६५,००,०००/- (एघार करोड पैसठी लाख) कित्ता शेयरमा विभाजित गरिनेछ।दफा ६(३) : कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैसठी करोड) हुनेछ।२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।३. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।४. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले  पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा  नगद गरि कुल  १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ  ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव हरु : साधारण प्रस्ताव: १. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।२. लेखा परिक्षकको प्रतिबेदन सहितको २०७८ अषाढ मसान्तको बासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह बिबरण पारित गर्ने।३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (बर्तमान लेखापरिक्षक श्री अनुप कुमार श्रेष्ठ वि. आ.एस. न्यौपाने पुनः लेखापरीक्षणको लागी योग्य हुनुहुन्छ ।)४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पुँजीको ०७० प्रतिशतले हुने रकम रु.५५,८१,६३८।५६ (अक्षेरेपी रु पचपन्न लाख एकासी हजार छ सय अडतीस र पैसा छपन्न) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।विशेष प्रस्ताव: १. संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको १३।३० प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.१०,६०,५१,१३२।६९ (अक्षेरेपी रु.दश करोड साठी लाख एकाउन्न हजार एकसय बत्तीस र पैसा उनन्सत्तरी) मात्र प्रदान गर्ने प्रस्ताव स्विकृत गर्ने ।२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन/संशोधन तथा थप गर्ने ।३. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा :अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले  पुस २८ गते बुधबार भैरहवाको होटेल मौर्यामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश  लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पेश हुने छ। कम्पनीले  १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको एफपिओ निष्काशन प्रस्ताव गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्तावहरु :१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०७७/७८ को प्रतिवेदन पारित गर्ने।२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने ।३. कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने ।विशेष प्रस्तावहरु :(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम, २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३०% (तिस प्रतिशत) रु. ५,२८,५०,९११।९१ (अक्षरुपी पाँच करोड अट्ठाईस लाख पचास हजार नौ सय एघार रुपैयाँ एकाननब्बे पैसा मात्र) बोनस शेयर स्वीकृत गर्ने ।(२) विशेष प्रस्तावको नं १ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रकम रु १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको पुन, सर्बसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारी गर्ने प्रस्ताव पारित गर्ने।(३) विशेष प्रस्तावको नं १ र २ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् तथा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारीपश्चात्, पुँजी वृद्धि गरी जारी तथा चुक्ता पुँजी रु. २४,६८,६५,७३६।३२ (अक्षरुपी चौबीस करोड अठसठ्ठी लाख पैसठ्ठी हजार सात सय छतिस पैसा तीन दुई मात्र), अधिकृत पूँजी रु. ५०,००,००,०००।- (अक्षरुपी पचास करोड मात्र) कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।(४) प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।(५) सञ्चालकको भत्ता तथा सुविधा बृद्धि गर्ने ।(६) भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने (Merger) वा प्राप्ति गर्ने प्राप्ति हुन जाने (Acquisition) प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुुस १३, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन आज अर्थात् मंगलवार रहेको हो । नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १४ गते (एक दिन) बन्द गर्ने भएकाले मंगलवारसम्म  कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।  यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान-१ सुनसरीमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गर्‍यो २०% लाभांश

असार ८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आव २०७६/७७ को वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल सरकार, नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।