नेपाल पुनर्बीमाको बोनस शेयर : पारित भएको तीन महिना वितिसक्दा पनि सूचीकृत भएन

वैशाख २, काठमाडौं । गत पुस २२ गतेनै पारित भएको नेपाल पुनर्बीमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस शेयर अझै सूचीकृत भएको छैन । बोनस शेयर लामो समय सूचीकृत नगरी आम लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने काम यतिबेला नेपाल पुनर्बीमा कम्पनीले पनि गरेको छ । यस वर्ष कम्पनीको बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । नगद लाभांश गत फागुनमै वितरण गरिसकेको कम्पनीले बोनस शेयर भने साधारणसभाबाट पारित भएको तीन महीना वितिसक्दापनि सूचीकरण गराउन नसकेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले अर्थमन्त्रालयबाट स्वीकृति पाउनुपर्ने प्रक्रियामा ढिलाई हुदाँ सूचीकरण हुन नसकेको बताए । कम्पनीमा सरकारीतर्फको ४४ दशमलव शुन्य ४ प्रतिशत हिस्सा रहेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत रायमाझीले बोनस शेयर सूचीकरणका लागि अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको बताए । सर्वसाधारणको १६ प्रतिशत र विभिन्न कम्पनीको ३९ दशमलव ९६ प्रतिशत हिस्सा रहेको कम्पनीको बोनस शेयर सूचीकरण प्रक्रिया ढिलाई भएकोमा कम्पनी पनि चिन्तित रहेको रायमाझीको भनाइ छ । अर्थ मन्त्रालयले आम सर्वसाधारण सहित कम्पनीको सम्पत्ति लामो समय बन्धक बनाउँन नपर्ने गरी जतिसक्दो चाडो बाटो खुला गरिदिनुपर्ने माग रायमाझीले गरेका छन् । कम्पनीको तर्फबाट अर्थमन्त्रालयले पुरा गर्नुपर्ने कार्यका लागि वारम्बार अनुरोध भैरहेको जानकारी पनि उनले गराए । अनुभवि लगानीकर्ता डम्बरू बल्लभ घिमिरेले नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर लामो समय सूचीकृत नहुँदा आम सर्वसाधारण लगानीकर्ता दोहोरो मारमा परेको गुनासो गरेका छन् । यस कम्पनीमा सर्वसाधारण लगानीकर्तासँगै बीमा कम्पनीहरूको समेत स्वामित्व रहेकाले यसबाट सर्वसाधारण लगानीकर्ता दोहोरो मारमा परेको गुनासो उनको छ । बीमा कम्पनीहरूको शेयरमा समेत आफूहरूको लगानी रहेकाले यी कम्पनीहरूको हकको बोनस शेयरसमेत बन्धक बनेको बताए । यसबाट कम्पनीहरूको नाफामा असर पर्न गई आफ्नो लगानीको प्रतिफलमा असर पर्ने अनुमान उनले गरेका हुन् । यसर्थ सूचीकरण प्रक्रियाका लागि सरोकार राख्ने निकायहरूले जतिसक्दो चाडो आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने माग घिमिरेले राखेका छन् ।  नेपालमा पुनर्बीमा क्षेत्रका दुई कम्पनी सञ्चालनमा रहेपनि नेपाल पूनर्बीमा कम्पनी मात्र धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । अर्को हिमालयन रिइन्स्योरेन्स लिमिटेड पनि सर्वसाधारणमा आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा भित्रिने तयारीमा छ ।  नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यस वर्षको लाभांशका लागि पुस १४ गते बुक क्लोज गरेको छ । कम्पनीको पुस १३ गतेसम्म कायम शेयरधनीको हकको बोनस शेयर तीन महीनाभन्दा बढी अवधिसम्म बन्धक बनेको हो ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक दैनिकको प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिमको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको आज आइतबार सम्पन्न १९औँ वार्षिक साधारणसभासभाले उक्त प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको ५० प्रतिशत बोनस सेयर पारित

नर्भिक इन्टरनेशनल हस्पिटलले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।पब्लिक कम्पनीमा रुपान्तरण भई आयोजना भएको पहिलो वार्षिक साधारणसभाबाट नर्भिकले ५० प्रतिशत बोनस सेयर दिने. प्रस्ताव पारित गरेको हो ।आइपीओ निश्कासनको तयारीमा रहेको नर्भिकले आर्थिक वर्ष २०७७÷०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।अस्पतालको […]

एनसीसी बैंकको बोनस पारित

२९ पुस, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको घोषित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाबाट पारित […]

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अध

एनएमबी बैंकको १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित

बैंकको बिहीबार सम्पन्न २६औँ साधारणसभाले हाल कायम चुक्त पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनका लागिसमेत) दिने प्रस्ताव पारित गरेको हो ।

सनराइज बैंकको ६.६५ प्रतिशत बोनस प्रस्ताव पारित

सनराइज बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशतका दरले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।सभाले बोनस सेयर पारित गरेपछि बैंकको हाल चुक्ता पुँजी ९ अर्ब ४८ करोड […]

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले […]

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो

ज्योति विकास बैंकको १०% बोनस सेयर पारित

ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ । बुधवार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको हो ।साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका […]

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पारित गर्यो १०.२६% बोनस सेयर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो । यसै साधारण सभाले संस्थापक समूह “क&r