जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि सन्दीप जोराले ७७ रनको अर्धशतकीय पारी खेले त्यस्तै चाडविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय पारी खेले ।फार वेस्टका लागि करण केसीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ