निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि कञ्चनपुरको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा स्थानीयले मंगलवार तालाबन्दी गरेका हुन् ।
स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयको दुखेसो छ । त्यसैले विरोधमा उत्रिएको स्थानीय जगतराम चौधरीले बताए ।
स्थानीय चौधरीले पुल निर्माणको टेण्डर समेत भइसकेको र तोकिएको स्थानबाट ८ नम्बर वडाको बालुवाघाटमा सार्न खोजिएकाले आफूहरूले कुन...