धनुषामा माओवादीबाट निर्वाचित वडा सदस्य पक्राउ

जनकपुरधाम : धनुषाबाट एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे। कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

करोडौं ठगीको आरोपमा सूर्यविनायकका वडा सदस्य रानाभाट प्रहरी खोरमा

काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । रानाभाटलाई प्रहरी कार्यालय टेकुले पक्राउ गरेको हो । जनप्रतिनिधि रानाभाटले मिटरव्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी […]

घुससहित पक्राउ परे काठमाडौं-१४ का वडा सदस्य महर्जन

पक्राउ पर्नेमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य वसन्त महर्जन छन् । अख्तियारका अनुसार उनी दुई लाख रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

यी वर्गभेदका प्रभाव - Naya Patrika

एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा छिमेकी राजीन्द्र र सिर्जना शाहीहरू पक्राउ परेका छन् । ४५...पूरा पढ्नुहोस् »

कांग्रेसबाट निर्वाचित वडा सदस्य विस्फोटक पदार्थसहित पक्राउ

गुल्मी, भदौ २५ – जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तारा श्रीसलाई विस्फोटक पदार्थसहित पक्राउ ग...