अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट छ । भ्रमणको दिन नजिकिँदै गर्दा चीनले कडा प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले ‘पेलोसीले भ्रमण रद्द नगरे ‘आफूहरुले कठोर कदम चाल्ने’ चेतावनी दिएको छ । रक्षा मन्त्रालयले पनि उसको वेबसाइटमा एक विज्ञप्ति राखेर विरोध अभिव्यक्त गरेको छ । ‘चीनको जनमुक्ति सेनाले बाह्य शक्तिको कुनै पनि प्रकारको हस्तक्षेप र ‘ताइवान स्वत