काठमाडौँ- बेलायतका व्यापार नीति राज्यमन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । चीनको चेतावनी वेवास्ता गर्दै ताइवान पुग्ने बेलायती राज्यमन्त्री ग्रेग पछिल्ला विदेशी राजनीतिक व्यक्ति बनेका छन् । बेलायतले चिनियाँ सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै चीनले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ […]