अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका