काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा नेपाल बार एशोसिएशन तथा आन्दोलनरत अन्य पक्षहरुले दलहरुको सहायता माग गरे पनि अहिलेसम्म औपचारिक छलफल भएको छैन। नेकपा (एकीकृत समाजवादी) को आइतबारको बैठकले साझा धारणाको पक्षमा जोड दिए पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको बैठकमा भने न्यायालय प्रकरणमा छलफल नभएको केन्द्रीय सदस्य एनपी साउदले बताए। …