नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधानसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । एक–दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो ।‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिका भइरहेको विवादको मुख दर्शक हुनुहुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायाल